स्थायित्वका लागि निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति ब्यवस्था आवश्यक: केसी

काठमाडौँ – नेपाली कांग्रेसका सांसद अर्जुननरसिहं केसीले निर्वाचित प्रधानमन्त्री र संवैधानिक राष्ट्रपतिबाट मात्रै राजनीतिक स्थायित्व सम्भव भएको र नेपालका लागि यस्तो व्यवस्था नै उपयुक्त भएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद केसीले गठबन्धनको भरमा सरकार टिकाउने चिन्ता पनि हटने धारणा राख्नुभयो । “संवैधानिक राष्ट्रपति र निर्वाचित प्रधानमन्त्रीले मात्रै स्थायित्व दिनसक्छ”, उहाँले भन्नुभयो, “हरेक प्रदेशमा तीन÷चार चोटि सरकार परिवर्तन हुने अवस्था आयो ।”
एउटा गठबन्धनमा रहेर सरकार जाला कि भन्ने चिन्ताबाट उन्मुक्ति पाउन पनि निर्वाचित प्रधानमन्त्री सबैभन्दा उपयुक्त हुने उहाँको कथन छ । सांसद केसीले संविधान संशोधनीय भएको तर संशोधन केमा गर्ने भन्ने कुरा व्यापक सहमतिबाटै गर्नुपर्ने बताउनुभयो ।
समावेशी चरित्रलाई कुनै पनि किसिमको असर नपर्नेगरी संशोधन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सरकार सुशासनको पक्षमा छ भने भ्रष्टाचारमा हदम्याद थप्ने विधेयक तत्काल फिर्ता गर्नुपर्ने माग राख्नुभयो । त्यस्तै देश निरन्तर अराजकता, विद्रोहतिर उन्मुख भएकामा ध्यानाकर्षण गराउँदै प्रविधिमा हुर्किएका युवाको आक्रोश सम्बोधन गर्नु राज्यको पहिलो दायित्व रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.