तनहुँमा छ वटा गाडी एकआपसमा ठोक्किंदा चार जना घाइते

दमौली- पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ रिमाल्नीमा छवटा सवारीसाधन एकआपसमा ठोकिँदा चारजना घाइते भएका छन् ।

राजमार्गमा दमौली तर्फबाट डुम्रेतर्फ जाँदै गरेको ना ५ ख २०३४ नं. को बसको ब्रेक फेल हुँदा सोही दिशातर्फ जाँदै गरेको ग ३ ख १३९० नं को ट्रकलाई ठक्कर दिएको थियो । बस अनियन्त्रित हुँदा सोही दिशामा जाँदै गरेको ग ३ च ८३९० नं को बलेरोलाई ठक्कर दिएको थियो ।

बोलेरो गाडीको ढक्कर लागेर सोही दिशामा जाँदै गरेको ग १ ख ९५६१ नम्बरको बस र उक्त बसले ना १ च ८४३४ नम्बरको बलेरो, उक्त बलेरोले ना २ ख ३७८९ नम्बरको हाइसलाई ठक्कर दिएर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।

घाइते हुनेमा बोलेरो चालक मकवानपुर थाहा नगरपालिका–७ का २४ वर्षीय नवराज गोले, त्यसमा सवार बागलुङ काठेखोला गाउँपालिका–५ का ५९ वर्षीय देवीलाल कँडेल, सोही ठाउँका ४९ वर्षीया विमला कँडेल र सहचालक रौतहट गजुरा नगरपालिका–५ बस्ने ४६ वर्षीय निरतारिक बाबु रहेका छन् । घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.