सार्वजनिक यातायातमा एकमुष्ट कर प्रणाली लागु गर्नुपर्छ- मन्त्री काफ्ले

हेटौँडा-  बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले सार्वजनिक सवारी साधनको हकमा एकमुष्ट कर प्रणाली लागु गर्नुपर्ने बताउनुभएको छ ।

आज हेटौंडामा आयोजित लोकतान्त्रिक यातायात व्यवसायी संघको बागमती सम्मेलनमा बोल्नुहुँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री काफ्लेले एक मुष्ट कर प्रणालीमा समेट्न नसके यातायात क्षेत्रमा सुधार गर्न नसक्ने ‍दावी गर्नुभयो।

उहाँले भन्नुभयो- ‘सार्वजनिक यातायातमा विद्यार्थीलाई भाडादर छुटको व्यवस्था विद्यार्थी आन्दोलनको बलमा स्थापित भएको हो । यो पूर्ण रुपमा कार्यान्वयन हुनुपर्छ । त्यसैले यस क्षेत्रमा देखिएका हरेक समस्या समाधानका लागि सकारात्मक रुपमा काम गर्न म तयार छु ।’

सार्वजनिक सवारीसाधनको न्यूनतम मापदण्ड तोकिनुपर्ने र लोकतन्त्रमा समस्याको समाधान घटना घट्नुभन्दा सम्भावित घटनाको पूर्वानुमान गरेर त्यसलाई न्यूनिकरण गर्नेतर्फ सरकार लाग्नुपर्ने मन्त्री काफ्लेको भनाइ थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.