धादिङमा २१ किलो लागु औषधसहित दुई जना पक्राउ

धादिङ-  धादिङको गजुरी गाउँपालिकास्थित गजुरी बजार नजिकैबाट प्रहरीले २१ किलो लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका वडा नम्वर-८ पाखुरे निवारी ४३ वर्षीय भक्तबहादुर तामाङ र २७ वर्षीय रमेश तामाङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा गजुरी बजारबाट बुटवलतर्फ जान लागेको गाडिबाट उनीहरुलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार उनीहरुको जिल्ला अदालत धादिङबाट ७ दिन म्याद लिई थप अनुसन्धान भइरहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.