अमेरिका, बेलायतलगायत १० देशले गरे टिआरसी सम्बन्धी कानुनको स्वागत

काठमाडौँ- नेपालमा सङ्क्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी कानुन बनेकोमा संयुक्त राज्य अमेरीका, बेलायत लगाएत १० वटा देशहरुले स्वागत गरेका छन ।

अमेरिका,स्विजरल्याण्ड, अस्ट्रेलिया, संयुक्त अधिराज्य बेलायत, नर्वे, जापान, फिनल्याण्ड, युरोपियन युनियन, जर्मनी र फ्रान्सका प्रतिनिधिहरुले संयुक्त रुपमा हस्ताक्षर गरी कानुनको स्वागत गरेका हुन ।

नेपाल सरकारले अगाडlको मार्ग पहिल्याउँदै गर्दा, हस्ताक्षरकर्ता पीडितको हितका लागि नेपाल सरकारलाई मद्दत पुर्‍याउने सम्भावित संयन्त्रहरूको खोजी गर्ने कुरा संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्णय प्रक्रियाहरूमा पीडितको निरन्तर सहभागिताले सत्य निरूपण तथा मेलमिलाप ऐनको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्‍याउने विश्वास पनि विज्ञप्तिमार्फत व्यक्त गरिएको छ ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई प्रभावकारी रूपमा काम गर्न सघाउन आफूहरु तयार रहेको र त्यसका लागि विशेष आवश्यकताहरूका विषयमा आफूहरुले नेपाल सरकारबाट जान्न चाहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.