समाजलाई उत्तेजित नबनाउन प्रचण्डलाई एमालेको आग्रह

काठमाडौँ- नेकपा एमालेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) विधेयक प्रमाणीकरण हुनु सकारात्मक रहेको निष्कर्ष निकाल्दै अव कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।
पार्टी सचिवालयको आज बसेको बैठकले टिआरसी विधेयक सरकारले प्राथमिकताकासाथ अगाडि बढाउन सुझाव पनि दिएको छ ।
पार्टी उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावका सम्वन्धमा छलफल भएको र थप निर्णय गर्न पार्टी पोलिटव्युरो बैठक भदौ १८ र १९ गते बोलाउने निर्णय गरेको छ ।
बैठकले अन्तराष्ट्रियस्तरमा भएको राजनीतिक घटनाक्रमलाई नेपालको सन्दर्भमा जोड्न नहुने निष्कर्ष समेत निकालेको छ ।
कुनैपनि नेताले संयमता गुमाउन नहुने भन्दै आफ्नो असन्तुष्टि पोख्न समाजलाई उत्तेजित नबनाउन समेत आग्रह गरेको छ ।
बैठकमा सरकारको काम कारबाही र माओवादी अध्यक्ष प्रचण्डको संसदमा भएको सम्बोधनबारे समेत छलफल भएको थियो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार नयाँ सरकार गठनसँगै सकारात्मक आशा र भरोसा बढेको एमाले सचिवालय बैठकको निष्कर्ष रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.