सिमेन्ट उद्योगमा एकजना कामदारको च्यापिएर मृत्यु

पाल्पा- पाल्पास्थित सिजी सिमेन्ट उद्योगको मेसिनले च्यापिएर एक जना कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ्को त्रिपुरा–६, का ४६ वर्षीय दिनेश शर्मा रहेका छन् ।

जिल्लाको रैनादेवी छहरा–२, सर्देवास्थित सिजी सिमेन्ट उद्योगमा कोइला पेल्ने मेसिनले च्यापिएर शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएको मङ्गलबार सिजी सिमेन्ट उद्योगको कोइला पेल्ने मेसिन सफा गर्ने क्रममा अचानक मेसिन चल्दा शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

शर्माका आफन्त घटनास्थलमा आएपछि बिहीबार शवको पोष्टमार्टमका लागि पाल्पा अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.