यात्रु चढिसकेपछि किन रद्द गर्‍यो एअर इन्डियाले दिल्लीका लागि उडान ?

 काठमाडौँ- काठमाडौँबाट भारतको दिल्लीका लागि बिहीबार राति ९:३० बजे उड्नुपर्ने एअर इन्डियाको उडान रद्द भएपछि यात्रुहरुलाई होटलमा ल्याएर राखिएको छ।

उडानको सबै प्रकृया पूरा गरेर जहाजमा यात्रुसमेत बसिसकेपछि अन्तिम समयमा आएर उडान रद्द भएको खबर यात्रुहरुलाई गरिएको थियो ।

गएराति ९:३० मा उड्ने तयारी गरेको विमानले राति ३ बजेतिर मात्र सबै यात्रुलाई काठमाडौँको होटर र्‍याडिसनमा ल्याएर राखिएको थियो ।

प्राविधिक कारणले भन्दै उडान रद्द भएको जानकारी यात्रुहरुलाई गराएपनि खास कारण नभनिएको होटलमा फर्किएका यात्रु सतिश वस्तीले जानकारी दिए ।

यसैबीच, एअरपोर्ट सुरक्षा निकायले पाइलटको उडान अबधि हिजोका  लागि पूरा भएको र अधिक समय उडाउन नपाउने हुँदा उडान रद्द गर्नुपरेको नेपालटिभीअनलाइनलाई जानकारी दिएको छ।

पाइलटलाई प्रतिदिनको उडान समय तोकिएको हुन्छ ।

एअर इन्डियाका ड्युटी सुपरभाइजर विष्णु दाहालले प्राविधिक कारणले हिजोको उडान रद्द भएको र आज दिउँसो मात्र उडान भर्ने भन्दै सबै कनेक्टिङ फ्लाइटको रि-सेडुलिङ हुने जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.