काठमाडौ विश्वविद्यालयको दीक्षान्त समारोहः २३ सय बढी विद्यार्थी दीक्षित हुँदै

काभ्रे- काठमाडौ विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहको दोश्रो चरणको दीक्षान्त समारोह आज हुँदैछ । २ हजार ३ सय १४ जना विद्यार्थीहरुलाई दीक्षित गराउन प्रधानमन्त्री तथा कुलपति केपि शर्मा ओली धुलिखेल आउनुहुने कार्यक्रम छ ।

२९औँ दीक्षान्त समारोहको दोश्रो चरणको कार्यक्रममा स्कुल अफ आर्टस, एजुकेशन, इन्जिनियरिङ्ग, म्यानेजमेन्ट, मेडिकल साईन्सेज र साईन्स विद्याका २ हजार ३ सय १४ जना विद्यार्थी सोही दिन दीक्षित हुनेछन् ।

दीक्षित हुने मध्ये १ हजार १ सय ८६ जना अर्थात ५१.२५ प्रतिशत छात्र र १ हजार १ सय २८जना अर्थात४८.७५ प्रतिशत छात्रा रहेका छन् ।

अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान, इजरायल, जर्मनी, भारत, माल्दिभ्स, श्रीलंका, कजाखस्थान, सिङ्गापुर, अर्जेन्टिना, भियतनाम, ब्राजिल, फिनल्याण्ड, स्वीडेन, प्यालेस्टाईन र सुडान लगायतका १९ देशका २ सय ४२ अर्थात १०.५ प्रतिशत छन् ।

विश्वविद्यालयबाट हालसम्म ४५ हजार ४ सय ३७ जना उर्तिण भएका छन् । सभामा कुलपति प्रधानमन्त्री ओली, सह कुलपति शिक्षामन्त्री विद्या भट्टराई लगायत सहभागि हुनेछन् ।

उक्त समारोहमा स्नातकोत्तर तहमा स्कुल अफ आर्टसमा ४ सिजिपिए ल्याउने सुश्री मिजला चित्रकारलाई चान्सलर स्वणर्पदक, स्कुल अफ साईन्सबाट स्नातक तहमा ४ सिजिपिए ल्याउने भाइस चान्सलर स्वणर्पदक प्रदान गर्नेछ ।

त्यस्तै भाइस चान्सलर स्वणर्पदक स्नातक तहमा मनिपाल कलेज अफ मेडिकलका स्वीकार दाहाल, न्हुछेरत्न तुलाधर स्वणर्पदक विराट मेडिकल कलेज विराटनगर, रस्मिता पौडेल, रमेशप्रसाद सिंह स्वणर्पदक स्कुल अफ मेकिडल साईन्सेज अर्जुन दासलाई र स्कुल अफ एजुकेशनबाट महेशनाथ पराजुली स्वणर्पदक सुश्री रनिषा पौडेललाई प्रदान गरिनेछ ।

समारोहमा कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता रहनेछ । बरिष्ठ संस्कृतिविद डा.जगमान गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको मन्तब्य सहित उपकुलपति प्रा.डा.भोला थापाको स्वागत मन्तब्य रहनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.