भौतिक पूर्वाधार मन्त्रीसहितको टोलीले गर्‍यो नागढुंगा-सिस्नेखोला सुरुङको निरीक्षण

धादिङ-  काठमाडौँको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार मन्त्रीलगायतले आज स्थलगत निरीक्षण गरेका छन ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले स्थलगत निरिक्षण गर्नुभएको छ ।

काठमाडौंको नागढुंगादेखि धादिङको नौबिसे, गल्छीबजार हुँदै चितवनको मुग्लिन र पोखरासम्मका नागरिकहरु भेट्ने, गुनासो सुन्ने र गर्नुपर्ने कामको योजना बनाउने यात्रामा निस्कनुभएका मन्त्री दाहालले पहिलो चरणमा सुरुङ मार्गको निरिक्षण गर्नुभएको हो ।

मन्त्री दाहालसँगै नेकपा एमाले धादिङका नेताहरुको टोली शुक्रबार बिहान काठमाडौँको बलम्बूबाट सुरुङ प्रवेश गरी धादिङको सिस्नेखोलातर्फ निस्किएका थिए ।

सुरुङको यात्रा गरेर निस्किनुभएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले नेपालमा सुरुङको युग सुरु भएको र काठमाडौँबाट पसेर धादिङमा निस्कँदा खुशी लागेको प्रतिकृया दिनुभयो ।

समयमै काम सक्न र चाँडै सुरुङ्ग संचालनमा ल्याउन ठेकेदार कम्पनी र सम्बन्धित निकायहरुलाई उहाँले निर्देशन पनि दिनुभयो ।

चन्द्रागिरी नगरपालिकाको बलम्बूदेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्ग अन्तर्गत आपतकालिन सुरुङको लम्बाई दुई हजार ५ सय ५७ मिटर र मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर छ ।

आयोजनाका अनुसार हाल तीन चौथाई भन्दा बढी काम सकिएको छ ।

आयोजनाको मुख्य सुरुङ र आपतकालिन सुरुङ छिचोलिएर टनेलमा लाइनिङको काम भइरहेको सुरुङमार्ग आयोजनाका इन्जिनियर तथा प्रवक्ता रमेश कोइरालाले जानकारी दिनुभयो ।

सुरुङभित्रको सडक ढलान, बत्ती तथा अक्सिजन पाइप जडानको काम पनि सुरु भएको छ ।

आयोजना अन्तर्गत अहिले तीन वटा अन्डर पास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभर पास र फ्लाइओभर गरी कुल १२ वटा संरचना निर्माण भइरहेका छन् ।

एक वर्षभित्र अर्थात २०८२ सालको दशैँसम्ममा सवारी चलाउने गरी सुरुङमार्गको काम भइरहेको कोइरालाले जानकारी दिनुभयो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.