नारायणी नदीमा महिलाको बेवारिसे शव फेला 

पूर्वी नवलपरासी– पूर्वी नवलपरासीको देवचुली स्थित नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ । देवचुली नगरपालिका–१ मेगापार्क स्थित नारायणी नदी किनारमा अन्दाजी ३०/३५ वर्षीय महिलाको बेवारिसे शव फेला परेको हो ।

आज दिउसो नदी किनारमा महिलाको शव भेटिएको स्थानीले खबर गरे पछि प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनु भयो ।

मोटो शरीर ,मंगोलियन अनुहारको जस्तो देखिने महिलाको शवको अहिले सम्म सनाखत नभएकाको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.