बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नेपालमा आउँदैन: प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश र श्रीलङ्काको जस्तो अवस्था नेपालमा नआउने बताउनु भएको छ ।

शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित पुस्तक ‘इन्टु द फायर’को विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालको आफ्नै पहिचान र संस्कृति रहेको भन्दै बंगलादेशमा जे भयो त्यही भइ हाल्ने अवस्था नरहेको बताउनु भएको हो ।

‘बंगलादेशमा जे भयो नेपालमा त्यही  हुँदैन। नेपाल कुनै देशको फोटोकपी मेसिन होइन। नेपालको आफ्नै संस्कृति र पहिचान छ,’ प्रधानमन्त्रीले अगाडि भन्नुभयो । ‘ प्रचण्डजीले बंगलादेश र श्रीलंकाबाट सिक भन्दैहुनुहुन्थ‍्यो। मैले १७ हजार मान्छे मारेको हो र खुट्टा कमाउने?  प्रधानमन्त्रीले भन्नु भयो ।

बंगलादेश र श्रीलंकाबाट प्रचण्डले सिक्नु पर्ने सुझाब प्रधानमन्त्रीको थियो ।

आफु ६ दशकदेखि देश बनाउने अभियानमा रहेको भन्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र आफूहरूले लडेर ल्याएको र संविधान पनि आफूहरूकै पहलमा बनेको बताउनु भयो ।

‘लोकतन्त्र हामीले लडेर ल्याएका हौं। अहिलेको संविधान हामीले लेखेका हौं। यो प्रणाली हामीले ल्याएका हौं। जनताको अधिकार सुनिश्चित गर्न यसलाई अझ प्रभावकारी बनाउँदै लैजान्छौं,’ ओलीले भन्नुभयो ।

लोकतन्त्रविरुद्ध आवज उठाउनेहरू नै अहिले ठूलो कुरा गरिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्रीले आफ्नो कार्यकाल एक वर्ष १० महिला १५ दिन रहेको बताउनुहुँदै त्योभन्दा पनि हप्ता दिन अघि नै छोडने बताउनु भयो ।

राजनीतिलाई घृणा गर्ने कुरा, राज्य व्यवस्थालाई घृणा गर्ने कुरा सामाजिक अपराधिक कार्यमात्रै भएको प्रधानमन्त्रीले बताउनुभयो ।

कार्यक्रम नेपाली काँग्रेसका सभापति एवम पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले वर्तमान सत्ता गठबन्धन निर्माण गर्न क्याप्टेन रामेश्वर थापाले खेलेको  योगदानको चर्चा गर्नुहुँदै  प्रशंसा समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.