चर्चित अमेरिकी र्‍यापर फ्याटम्यान स्कुपको एक कन्सर्टमा लडेर मृत्यु

काठमाडौं- चर्चित अमेरिकी र्‍यापर फ्याटम्यान स्कुपको कनेक्टिकटमा भएको कन्सर्टमा लडेर मृत्यु भएको छ । ५३ वर्षीय र्‍यापर फ्याटम्यान स्टेजमा गाउने क्रममा ढलेर मृत्यु भएको बताइएको छ ।

हाम्डेन सहरको टाउन सेन्टर पार्कमा आफ्नो सेटको आधा भागमै उनी ढलेका थिए । सो शहरका मेयर लरेन ग्यारेटले फेसबुकमा एक पोस्ट गर्दै र्‍यापर स्कुपलाई एम्बुलेन्सबाट स्थानीय अस्पताल लगिएको तर अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको उल्लेख गर्नुभएको छ ।

फ्याटम्यानको बुकिङ एजेन्सीले पनि स्कुपको मृत्यु भएको पुष्टि गर्दै उनका कालजयी गीतहरुले उनलाई सधै जीवित राख्ने बताएको छ । स्कुप संगीत संसारको एक प्रिय व्यक्ति थिए ।

स्कुपका संसारभर कयौं प्रसंशक रहेका छन् । उनको मृत्युले संसारभरका प्रसंशक तथा संगीतप्रेमी स्तब्ध बनेका छन् । उनको विलक्षण प्रतिभा, प्रतिष्ठित स्वर र उर्जाले संगीत उद्योगमै अमिट छाप छोडेको बताइन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.