बस र ट्रक एकआपसमा ठक्कर खाँदा तीन जना घाइते

चितवन- मुग्लिन-नरायणघाट सडक खण्डमा पर्ने सिमतलातमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जना घाईते भएका छन् ।

भरतपुर महानगरपालिका- २९ को सिमलतालमा नारयणघाटतर्फबाट मुग्लिनतर्फ जाँदै गरेको ग २ ख ११०८ नम्वरको ट्रक र विपरित दिशातपर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको यात्रुबाहक बस एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्रक चालक धादिङ जिल्ला बेनीघाटरोराङ्ग गाउँपालीका- ३ बस्ने २८ वर्षीय राजन क्षेत्री भएको ईलाका प्रहरी मुग्लिनले जनाएको छ ।

यसैगरी सोही दुर्घटनामा परी अन्य दुई यात्रु बारा निवासी ३० वर्षीय मन्जु रावल र ६ बर्षिय आशिष चौरसीया रहेका छन् । उनिहरुको उपचारका लागी भरतपुरतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी सोही सडक खण्डको जुगेडीमा भएको तीनवटा सवारी दुर्घटनामा भने कुनै पनि मानवीय क्षती नभएको जुगेडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.