धादिङमा कार दुर्घटना, ३ जना घाइते

धादिङ- धादिङमा भएको कार दुर्घटनामा तीन जना घाइते भएका छन ।

धादिङको निलकण्ठ नगरपालिका वडा नम्वर ९ काे दारेगाैडामा भएकाे कार दुर्घटनामा परेको हो ।

धादिङको सदरमुकाम धादिङ बेसीबाट सल्यानटारतर्फ जाँदै गरेकाे बागमती प्रदेश बी-एडी- ५१८८ नम्बरको मारुती कार अनियन्त्रित भई सडकबाट करिव ५० मिटर तल जंगलमा खसेको थियो ।

घाइते तीनै जनाकाे अवस्था सामान्य रहेकाे धादिङ प्रहरीले जनाएकाे छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेकाे स्थानीय ठाकुर परियारले जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.