पोषण योजना सहायता कार्यक्रमका लागि अनुदान सहायता स्वीकृत
काठमाडौँ- भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका १८ वटा निर्णय आज सार्वजनिक भएका छन् ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
मन्त्रिपरिषद् बैठकले बहुक्षेत्रिय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनको लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रूपमा प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो करिब ३ अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता स्वीकृत गर्ने निर्णय भएको छ ।
यसै गरि जर्मनी सरकारबाट पावर डिस्ट्रिव्युसन कार्यक्रम अन्तर्गत प्राप्त हुने १० मिलियन युरो करिब १ अर्ब ४६ करोड अनुदान सहायता स्वीकार गर्ने मन्त्रीपरिषद बैठकले गरेको सरकारको प्रवक्ता तथा संचार मन्त्री गुरुङले जानकारी दिनु भयो ।
प्रतिक्रिया राख्नुहोस्