नेपाल टेलिभिजन कर्मचारी संघद्वारा तीज विशेष कार्यक्रम आयोजना

काठमाडौँ- नेपाल टेलिभिजन कर्मचारी संघले हरितालिका तीजको अवसरमा आज तीज विशेष कार्यक्रमको आयोजना गर्यो ।

संस्थानमा कार्यरत महिला कर्मचारीलाई दरका साथै शुभकामना दिन आयोजित कार्यक्रममा कार्यकारी अध्यक्ष समीरजंग शाहले तीजलाई मितव्ययी भएर मनाउन आग्रह गर्दै संस्थानको सुखद भविष्यका लागि सवै समर्पित हुनुपर्ने बताउनुभयो ।

संघका अध्यक्ष गोपालप्रसाद दाहालले कर्मचारीहरुले संस्थानलाई सर्वोपरी ठानेर यसको हित र उन्नतिमा काम गर्नुपर्ने बताउनुभयो ।संघका कोषाध्यक्ष जमुनादेवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष भोजबहादुर विश्वकर्मा, नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष दीपकजंग हमाल र नेपाल प्रेस युनियन नेपाल टेलिभिजन शाखाका अध्यक्ष ममता कोइराला लगायतका वक्ताहरुले तीजलाई सांस्कृतिक उत्सवकारुपमा मनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा संस्थानका महिला कर्मचारीहरुले दरका साथै तीज गीतमा रमाउदै शुभकामना आदाप्रदान गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.