मालबोरो चुरोट सौर्य सिमेन्टको फ्याक्ट्रीमा जलाइयो

रिलेबलिङको आशङ्कामा प्रहरी र राजस्वको अनुसन्धान सुरु

 

 

सिराहा – विदेशी ब्रान्डको चुरोट माल बोरोलाई रिलेबलिङु गरी विक्री गर्ने गरेको आशङ्कामा प्रहरी र आन्तरिक राजस्व कार्यालयले अनुसन्धान थालेका छन् । सिराहाको मिचैयास्थित सौर्य सिमेन्ट उद्योगभित्र भण्डारण गरिएको चुरोटमा लेबलिङ गरेका विषगतमा आफू जानकार भएको र प्रहरीको सहयोगमा अनुसन्धान भइरहेको आन्तरिक राजस्व कार्यालय, लहानका प्रमुख पुण्य रिजालले पुष्टि गर्नुभयो ।

चुरोटको बट्टामा अर्को स्टिकर लगाएर बेच्नु अवैध ठहरिने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगन्ज कार्यालयका सूचना अधिकारी दिलीप खंगले बताउनु भयो। वास्तविक मूल्य भएको ठाउँमा बढी मूल्य लेखिएको स्टिकर टाँस गरी बेच्न मिल्दैन,उहाँले भन्नुभयो, यस्तो काम रिलेबलिङ हो।

रिलेबलिङ गरिएका चुरोटका बट्टा
आयातकर्ता कम्पनीले म्याद नाघेको र पानीमा भिजेको भनेर अढाई ट्रक चुरोट जलाउँदा सम्बद्ध नियामक निकायसँग अनुमति लिएको छैन

स्टिकर टाँस गरी बिक्री गरिएको हो। मालबोरोका दुई प्रकारका चुरोट मालबोरो र मालबोरो गोल्डु मा यस्तो फेला परेको हो। उपभोक्ता संरक्षण ऐन ०७५ ले रिलेबलिङलाई निषेध गरेको छ। यस्तो काम गैरकानुनी हो। नेपाल टेलिभिजनलाई  प्राप्त विवरणअनुसार मालबोरोमा मात्रै माथिबाट ३ सय ५० रुपैयाँको नयाँ स्टिकर टाँस गरिएको छ। यसरी एउटै बट्टामा ५० र ७० रुपैयाँ बढी लिएको भेटिएको छ। उक्त रकमबाट हुन आउने राजस्वसमेत छली भएको आशङ्का गरिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.