निगमका दुवै न्यारो बडी जहाजहरु नियमित उडानमा

एउटा वाइड बडी विमान मर्मत सम्भार सकेर आगामी सेप्टेम्बर ७ मा नेपाल आइपुग्ने

काठमाडौं – नेपाल वायुसेवा निगमले आफ्ना दुवै न्यारो बडी जहाजहरु नियमित उडानमा रहेको जनाएको छ ।

निगमको अन्तर्राष्ट्रिय उडानमा एअरबसले निर्माण गरेका ए ३२०-२०० सेरिजका दुई न्यारो बडी र ए ३३०-२४३ सेरिजका दुई वाइडबडीका विमान रहेका छन् । निगमले न्यारो बडी नाइन एन एकेएक्स संकेत चिन्हको लुम्बिनी र नाइन एन एकेडब्ल्यु संकेत चिन्हको सगरमाथा जहाज दुवै उडानमा रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो।

नाइन एन एएलवाई संकेत चिन्हको अन्नपूर्ण नामक वाइड बडी र नाइन एन एएलजेड संकेत चित्हको मकालु विमानहरु भने नियमित सी चेकको लागि इटालीमा रहेका छन् । निगमले वाइड बडीको नियमित मर्मत संभारको लागि इटालीको एमआरओलाई चयन गरेको छ। त्यस मध्ये अन्नपूर्ण (नाइनएन एएलवाई) विमान आगामी सेप्टेम्बर ७ मा मर्मतसंभार सकेर नियमित उडानका लागि नेपाल आइपुग्ने निगमले जानकारी दिएको छ ।

निगमको अर्को वाइड बडी जहाज नाइन एन एएलजेड (मकालु) भने २८ अगष्टमा मात्र सी चेकको लागि इटाली गएकोले सो जहाज आउन भने करिब एक महिना लाग्ने छ । निगमले दशैं अगावै अन्तर्राष्ट्रिय उडान गर्ने चारै वटा विमानहरु पूर्ण क्षमतामा चल्ने अवस्था आउने पनि जनाएको छ ।

निगमले आन्तरिक उडानमा रहेका दुई ट्वीनओटर मध्ये एक जहाज नियमित उडानमा रहेको र अर्को एकको इञ्जिन फेर्ने कार्य भैरहेकोले सो जहाज दशैमा उडानमा आउने जानकारी दिएको छ ।

निगमले आफ्ना जहाजहरुको सामान्य मर्मत संभार नियमित रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको ह्यांगरमा हुँदै आएको र त्यहाँ अन्तर्राष्ट्रिय मान्यताप्राप्त शिक्षण संस्थाबाट एरोनौटिकल इञ्जिनियरिड. पास गरेका र अन्तर्राष्ट्रिय तालिम दिने संस्थाका साथै नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत मान्यता दिएका इञ्जिनियरहरुले मर्मतसंभारको काम गर्ने पनि जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.