सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश
काठमाडौँ- सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।
शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले राष्ट्रिय सभाबाट पारित भइ आएको सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्नु भएको हो ।
प्रतिनिधिसभाबाट विधेयक प्रतिनिधिसभाको पूर्ण बैठकबाट पारित भएपछि सरकारी सञ्चार माध्यम् रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक सेवा प्रसारकको रुपमा संचालन गर्ने बाटो खुला हुने छ ।
समितिबाट पारित प्रतिवेदनको पूर्ण पाठ
प्रतिक्रिया राख्नुहोस्