सहकारी छानबिन विशेष समितिको म्याद १५ दिन थपियो

काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले समितिको कार्यवधि १५ दिनका लागि थप गरेको हो ।

बैठकमा छानविन समितिका सभापति सूर्य थापाले हालसम्म गरेका कार्यप्रगतिबारे जानकारी गराउँदै समय अपुग भएको भन्दै म्याद थपका लागि प्रस्ताव गर्नु भएको थियो । उहाँको प्रस्तावमा छानविन समितिको म्याद १५ दिन थपिएको हो ।

यसअघि समितिलाई तीन महिनाको समय दिएर जेठ १५ गते थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । जसअनुसार समितिको यही २२ गते प्रतिवेदन बुझाउने समय सीमा निर्धारण गरिएको थियो । समितिको पहिलो बैठक जेठ २३ गते बसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.