एमाले पोलिटब्युरो बैठक: अध्यक्ष ओलीद्वारा देशको समसामयिक विषयमा ब्रिफिङ

काठमाडौँ- नेकपा एमालेको पोलिटब्युरो बैठकमा नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री के पी शर्मा ओलीले समससामयिक राजनीतिक अबस्था, सरकारको काम कार्वाही बारेमा पोलिटब्युरो बैठकलाई जानकारी गराउनु भएको छ । साथै अध्यक्ष ओलीले पछिल्लो समय समाजमा देखिएको अराजकताका लागि अनुशासनहिन गतिविधि लगायतमा केन्द्रीत रहेर बैठकमा जानकारी गराउनु भएको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनु भयो ।

पोलिटब्युरो बैठकमा आज नेकपा एमालेको बार्षिक कार्ययोजनाको प्रस्ताव प्रस्तुत भएको छ । पार्टी कार्यालय च्यासलमा आयोजित बैठकमा एमाले महासचिव शंकर पोखरेलले पार्टीको बार्षिक कार्ययोजनाको प्रस्ताव पेश गर्नु भएको हो । कार्ययोजनामा मुख्य गरेर पार्टिलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने प्रस्ताव गरिएको छ । पार्टी केन्दर देखी वडा तह सम्ममा सबै पार्टी कमिटिको मुल्याङकन पार्टीले दिएको जिम्मेवारी पुरा गरे नगरेको आधारमा गर्ने पनि प्रस्ताव गरिएको छ।

पार्टीको सबै तहका सदस्यहरुलाइ निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानमा जोड्ने सबै भूमिका विहिन सदस्यहरुलाई समेत उचित भूमिका दिएर पार्टीमा सकृय बनाउने प्रस्ताव गरिएको छ । त्यसैगरी पार्टी सदस्यता नविकरण र विस्तारलाई तिव्रता दिने तथा पार्टीको केन्द्रदेखी स्थानिय वडातहका सबै कमिटिहरुमा युवा सहभागिता र परिचालन बढाउने लगायतका प्रस्ताव गरिएको एमाले नेता राजेन्द्र गौतमले जानकारी दिनु भयो ।

प्रस्तावहरु माथी पोलिटब्युरो बैठकमा सदस्यहरुले धारणा राख्ने र सुझाव सहित कार्ययोजना पारित गर्ने भोलि ११ वजे पोलिटब्युरो बैठक बोलाइएको पनि नेता गौतमले वताउनु भयो ।यस्तै, पार्टीको हरेक वर्षका लागि तय भएका र बाँकी रहेका काम पार्टीको इतिहास लेखन, ‘सेल्टर’ पुस्तक प्रकाशन र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेलगायत महत्वपूर्ण कार्य कार्ययोजनामा समेटिएको प्रमुख गौतमले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.