गोरखाका उत्तरी २ वटा नाका खुलेसँगै चहलपहल सुरु

गोरखा- उत्तरी गोरखाको दुई वटा नाका पाँच वर्षपछि खुलेका छन् ।

चुमनुव्री गाउँपालिका-१ सामागाउँको रुइला र वडा नम्वर ७ छेकम्पारको ङुइला नाका पाँच वर्ष पछि खुलेका हुन ।

नाका खुल्ला भएसँगै उत्तरी क्षेत्रका वासिन्दा उपभोग्य सामाग्री ढुवानी गर्न तिब्बततर्फ जान थालेका छन । दुवै नाका अघिल्लो साताबाट खुलेको हो ।

ङुइला नाका एक महिना र रुइला नाका १५ दिनका लागि खुलेको चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

गत जेठमा दुवै तर्फका जनप्रतिनिधिको वैठक बसी नाका खुल्ला गर्ने वारे निर्णय भएको थियो ।

कोरोनाका बेला २०७६ पुसबाट चीन सरकारले एकतर्फी रुपमा नाका बन्द गरेको थियो । छेकम्पार तर्फका वासिन्दालाई स्या गाउँसम्म आउन भनिएको छ ।

५ वर्ष पहिले नाका बन्द हुनुअघिसम्म चुम उपत्यकाका बासिन्दा किनमेलका लागि तिब्बती बजार झोंगासम्मै पुग्ने गरेका थिए । झोंगा अलि ठूलो बजार भएकाले सस्तोमा सामान पाउने गरेकोमा हाल आवतजावत स्याक गाउँसम्म मात्रै भनिएको छ । घोडा लिएर मात्र आउन भनिएको हो ।

चीन तर्फको शहरमा उपभोग्य सामाग्री खरिद गर्न जाने स्थानीयवासीलाई नागरिकता र सिमा पास दुवै लिएर जान भनिएको छ ।

नाका नखुल्दा यस क्षेत्रका वासिन्दा गोरखाकै तल्लो क्षेत्रको वजारबाट उपभोग्य सामाग्री ढुवानी गर्दै आएका थिए ।

चीनको नाका खुलेपछि दुरी छोटो पर्दा लागत कम पर्ने भन्दै स्थानीयवासी खुसी भएका छन ।

कोरोना संक्रमण शुरु हुनुअघिसम्म नुब्री उपत्यकाका स्थानीय तिब्बतको कोङदाङ बजारसम्म पुग्ने गरेका थिए ।

यो पटक भने रुइला नाकाबाट नजिकै रहेको रुई गाउँसम्म मात्रै जान पाउने गरी नाका खुला गरिएको छ ।

छोटो समयका लागि दुवै नाका खुला भएपछि चुमनुब्री गाउँपालिकाका बासिन्दालाई उपभोग्य सामग्री किनमेलका लागि सहज भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.