संविधान र कानुनले महिलालाई दिएका हक-अधिकारको वास्तविक कार्यान्वयन जरुरी छ: राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले महिलालाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी भएको बताउनुभएको छ।

प्रथम महिला सविता पौडेलले राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजना गरेको हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै राष्ट्रपति पौडेलले महिलाका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि बिस्तारै विकास हुँदै गएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘आज समाजमा धेरै परिवर्तन आइसकेको छ। महिलाको अवस्था अब यस्तो छैन भन्ने मलाई लाग्दछ। नेपालको संविधान, ऐन कानुनमा महिला अधिकारको धेरै व्यवस्था भइसकेको छ। महिलाहरूका लागि गरिने व्यवहारमा परिवर्तन हुनुपर्छ भन्ने सोच पनि बिस्तारै विकास हुँदैछ। तर संविधान र कानुनले महिलालाई प्रदान गरेको हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी छ।’’

उहाँले विभिन्न संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण संवर्द्धन र निरन्तरतामा लागिरहनुपर्ने पनि उल्लेख गर्नुभयो।

कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, महिला मन्त्रीहरू, महिला सांसद, विभिन्न ओहोदामा रहनुभएको उच्च पदस्थ महिला अधिकारीको उपस्थिति थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.