निजामती प्रशासन सञ्चालनबारे संचार सचिवसँग छात्राहरुको जिज्ञाशा

काठमाडौँ- नेपालको निजामती सेवाको उच्च तहमा पुग्न आफूले गरेको मेहनतका बारेमा सञ्चार तथा सूचना मन्त्रालयकी सचिव राधिका अर्यालले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुसँग आज अनुभव साँट्नुभयो ।

पद्मकन्या क्याम्पस बागबजारमा राजनीति शाष्त्र स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुसँग सचिव अर्यालले कडा मेहनत र निरन्तरको प्रयासले सफलताको शिखर चुम्न सकिने बताउनुभएको थियो ।

मन्त्रालयमा भएको अन्तरकृया कार्यक्रममा नेपालको प्रशासनिक क्षेत्र र यसका विभिन्न पक्षहरुका बारेमा उहाँले विद्यार्थीहरुलाई जानकारी गराउनुभयो ।

विद्यार्थीहरुले सचिव अर्यालसँग भेटेसँगै नेपालको प्रशासनिक केन्द्रको रुपमा रहेको सिंहदरवार भित्रका मन्त्रालयहरु, नेपाल टेलिभिजन, रेडियो नेपालसमेतको भ्रमण गरेका थिए ।

पद्मकन्या क्याम्पसमा राजनीति शाष्त्र स्नातक तहका ३५ जना विद्यार्थीहरु र राजनीति शाष्त्र अध्यापन गराउने प्राध्यापकहरु कार्यक्रममा सहभागी थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.