मकवानपुरको राक्सिराङमा दुई दिन सार्वजनिक बिदा

मकवानपुर- चेपाङ समुदायको बाहुल्यता रहेका मकवानपुरको राक्सिराङ गाउँपालिकाले न्वागी (छोनाम) पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रकृति पुजकका रुपमा चिनिने अति सीमान्तकृत समुदाय चेपाङ जातीको महत्वपूर्ण पर्व न्वागीको अवसरमा भदौ २१ र २२ गते सार्वाजनिक बिदा दिने निर्णय भएको पालिका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

स्थानीय सार्वजनिक बिदाका दिन गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय एवंम् शिक्षण संस्थाहरू बन्द रहने सूचनामा जनाइएको छ । विगतका वर्षहरुमा बागमती प्रदेश सरकारले पनि न्वागीको अवसरमा सार्वजनिक बिदा दिने गरेको थियो ।

यस वर्ष शनिबार नै न्वागी पर्व परेकाले बिदा दिने निर्णय नगरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं बागमती प्रदेश सरकारका प्रवक्ता शुरजचन्द्र लामिछानेले बताउनुभयो । बागमती प्रदेशका मकवानपुर, चितवन र धादिङमा अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.