पलेशा गोवर्धनलाई काठमाडौं महानगरपालिकाले गर्‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍यो नगदसहित सम्मान

काठमाडौँ –  पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

बुधवार स्वदेश फर्किएकी पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामालाई महानगरले सम्मान गरेको हो ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनिता डंगोल, सामाजिक विकास समितिका संयोजक राजु केसी, प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारले पलेशा र प्रशिक्षक लामालाई सम्मान गरेका थिए । पलेशालाई ५ लाख र प्रशिक्षक लामालाई ३ लाख रुपैयाँ सम्मानस्वरुप प्रदान गरिएको छ ।

पलेशाले पेरिस पारालिम्पिकमा महिला के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौलसमूहमा काँस्य पदक जितेकी थिइन् । यो पदक नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.