ठुला पार्टीलाई जुधाएर आफ्नो भविष्य खोज्ने दिन अब गई सके : महासचिव पोखरेल 

 सुर्खेत –नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले ठुला पार्टीहरूलाई जुधाएर आफ्नो भविष्य खोज्ने साना पार्टीका दिन अन्त्य भइसकेको बताउनु भएको छ ।

आज सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै महासचिव पोखरेलले राजनीति ध्रुवीकरण गर्दै देशको अस्थिरताको अन्त्य गर्नका लागि दुई ठुला दल नेपाली काँग्रेस र एमाले एक ठाउँमा उभिनु परेको स्पष्ट पार्नु भएको हो । जब देशमा अप्ठ्यारो परिस्थिति आउँछ, तब काँग्रेस र एमाले एकै बिन्दुमा उभिएको स्मरण गर्दै महासचिव पोखरेले आउने निर्वाचनमा फेरी पनि काँग्रेस–एमाले एक्ला एक्लै चुनाव लड्नका लागि अहिलेदेखि आन्तरिक तयारी सुरु भइसकेको जानकारी दिनु भयो । लोकतन्त्रलाई सुदृढ गर्न निकै आवश्यक भएको बताउँदै उहाँले त्यसका लागि बलियो शक्ति आवश्यक भएकोले २०८४ मा एमाले मुलुककै बलियो शक्तिका रूपमा स्थापित हुने दाबी गर्नु भयो । उहाँले युवाहरूमा निकै निराशावाद पलाएको र त्यस्ता युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उद्देश्यले सरकारले स्टार्टअप उद्यम कर्जा ल्याएकाले लाभ लिन आग्रह गर्नु भयो । उहाँका अनुसार पछिल्लो समय एमाले–काँग्रेसको सरकार बनेपछि देशको राजश्वमा समेत वृद्ध हुन थालेको छ ।

नेपालको मौलिक संस्कृतिमाथि अतिक्रमण गर्ने काम भइरहेको बताउँदै उहाँले विभिन्न जात, धर्म वर्गका नाममा गरिने अतिवाद  अन्त्य गर्न आवश्यक रहेको औँल्याउनु भयो । प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असंसदीय राजनीतिका कारण संसद्भित्र किचलो भइरहेको बताउँदै उहाँले लोकतन्त्रको हिमायती तथा जिम्मेवार व्यक्तिले श्रीलङ्का र बङ्गलादेश उदाहरण दिएर देशमा अराजकता फैलाउन खोज्नु गलत भएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.