तीजमा महंगा गहना लगाएर पशुपति नआउन कोषको आग्रह

काठमाडौं – पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजको अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरुलाई महंगा गरगहना लगाएर नआउन आग्रह गरेको छ ।

कोषले हरितालिका तीजको व्यवस्थापन सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दर्शनार्थीहरुलाई मंहगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको हो ।

भीडभाडमा गरगहना चोरी हुने, हराउने डर हुने भएकाले गरगहनाले सजिएर नआउन अपील गरेको पशुपति विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए ।

हरितालिका तीज पर्वका अवसरमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले दर्शनको व्यवस्थापन, सुरक्षा, स्वयंसेवक परिचालन, ट्राफिक,पार्किङ स्वास्थ्य शिविर एवं नि:शुल्क पानी वितरणलगायत तयारी पूरा भइसकेको जनाएको छ ।

तीजको दिन बिहान ३ बजेदेखि नै ४ वटै ढोका खुल्ला गरिने प्रवक्ता अधिकारीले बताए । यस वर्ष चक्रपथको सवारी आगमन पूर्ण रुपमा नरोकिने उनले बताए ।

तीजका अवसरमा चारै वटा सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.