दिवस फिल्म प्रोडक्सनको ब्यानरमा नेपाली कथानक चलचित्र “ज्ञान शास्त्र” बन्ने

काठमाडौं – दिवस फिल्म प्रोडक्सनको ब्यानरमा नेपाली कथानक चलचित्र “ज्ञान शास्त्र” बन्ने भएको छ | शिक्षा क्षेत्रमा भएका विभिन्न समस्या र राजनीतिले पारेको प्रभावलाईलाई उजागर गर्ने उद्देश्यले बन्न लागेको यस  चलचित्रलाई कलाकार तथा निर्देशक दिनेश कुँवरले निर्देशन गर्ने भएका हुन् |

विकास बराल  र प्रेम बहादुर श्रेष्ठको संयुक्त लगानीमा निर्माण हुन लागेको यस चलचित्रमा नायक समीर खान र नायिकाद्वय स्मारिका ढकाल तथा पुर्णिमा थापाको प्रमुख भूमिका रहने छ|

मुख्य कलाकारहरूमा सुशील पोख्रेल, सुरवीर पण्डीतसुवास गजुरेल, श्याम राई, रवीन्द्र झा, नरेश पौड्याल लगायत छन् भने अन्य कलाकारमा अनुज गुप्ता, ममता पौडेल, दीपक अधिकारी, मौसम खड्का, अनिल खड्का, रोहीनी उप्रेती,  मुस्कान काप्री , किशोर दवाडी, आयुस श्रेष्ठ, आकृति श्रेष्ठ, युवराज कार्की, चन्द्र ज्योति ढुङ्गाना रहेका छन् | त्यसै गरी वालाकलाकारको भूमिका दिवस सिंह कुँवर, अस्मी साही र इमाश्री खत्री देखिने छन् |

आभास रानाले लेखेको यस चलचित्रको निर्माण नियन्त्रकको रूपमा भोला सुबेदी (प्रणव) रहने छन् भने मुख्य सहायक निर्देशकमा विनय राज पौडेल छन् | त्यसै गरी कृष्ण भण्डारी शर्माको शब्द रहेको यस चलचित्रको गीतमा सङ्गीत शिव के परियार भर्ने छन् |

यही भाद्र २३ गते शुभ मुर्हत गरिने यस चलचित्रको सुटिङ चितवनका ग्रामीण तथा शहरीभागमा गरिने  तथा  दसैँ अगाडि छायाङ्कन सक्ने लक्ष्य रहेको निर्देशक कुँवरले बताएका छन् | फिल्मलाई विष्णु परियारले छायाङ्कन गर्दैछन ।

मोड्लिंग , म्युजिक भिडियो तथा सर्ट फिल्महरूको निर्देशन तथा केही चलचित्रमा सहायक निर्देशकका रूपमा काम गरिसकेका दिनेश कुँवरका हम जब पगलाई , सालको पात, टाँडी पर्सा खुर्खुरे लगायत थुप्रै म्युजिक भिडियो बजारमा आई सकेका छन् |

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.