टिकटकमा लगाईएको रोक हटाउन प्राधिकरणको निर्देशन

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ ।

प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै भदौ ६ गते मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको हो ।

‘नेपाल सरकार, मन्त्रिपरिषद्को २०८१/०५/०६ गतेको बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाईएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाईएको रोक हटाउन दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ’ सूचनामा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.