स्थानीय तहमा विद्यार्थीले छात्रवृत्ति पाए नपाएको अनुगमन गर्छौं- प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारले स्थानीय तहमा पठाएको छात्रवृत्ति सम्बन्धित् विद्यार्थीले पाए/नपाएको संघीय सरकारले अनुगमन गर्ने बताउनुभएको छ।

सामाजिक सञ्जाल फेसबुक मार्फत प्रधानमन्त्री ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि स्थानीय तहमा अनुदान रकम पठाएको जनकारी गराउनुहुँदै सबै स्थानीय तहमा विद्यार्थीहरूले छात्रवृत्ति पाए-नपाएको अब सरकारले अनुगमन गर्ने बताउनु भएको हो ।

विद्यार्थीलाई छात्रवृत्तिको लागि !!
सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको छ । सबै स्थानीय तहमा विद्यार्थीहरुले छात्रवृत्ति पाए/नपाएको अब सरकारले अनुगमन गर्ने छ ।सामुदायिक विद्यालयमा कक्षा ६–१० का विपन्न विद्यार्थीहरुको लागि वार्षिक १८ र विज्ञान विषय अध्ययन गर्नेको लागि वार्षिक २४ हजार रुपैयाँ अनुदान दिएको छ । यसका लागि रु ६० करोड अनुदान दिएको छ । प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नु भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.