गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई

काठमाडौँ-  सरकारले गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई दिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयमा सचिव रहनु भएका दुवाडीलाई बिहीबार साँझ बसेको बसेको मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो ।

यस अघि आजै मन्त्रीपरिषद्ले सार्वजनिक गरेको निर्णयमा भने गृह सचिवमा दुवाडीको सरुवाको विषयमा भने उल्लेख गरिएको छैन ।

गृह सचिवमा दुवाडीक सरुवा भएको गृहमन्त्री रमेश लेखकका स्वकीय सचिव जनक भट्टले पुष्टि गर्नु भयो  ।

यसअघिका गृह सचिव एकनारायण अर्याललाई गत १३ भदौको मन्त्रिपरिषद बैठकले मुख्यसचिव नियुक्त गरेपछि गृहसचिव पद रिक्त छ ।

यसअघि निर्वाचन आयोगसहितका निकायमा सचिवको रुपमा काम गरिसकेका दुवाडीले अब गृह प्रशासनको प्रशासनिक नेतृत्वको सम्हाल्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.