प्रतिबद्ध भएर पर्यटन प्रवर्द्धनमा लाग्छु : जोशी

काठमाडौँ – नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै निकायसँग समन्वय गरेर पर्यटन प्रवर्द्धनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बोर्डका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयबाट नियुक्तिपत्र लिएपछि उहाँले रासससँग भन्नुभयो, “आगामी कार्यकाल नतिजामुखी बनाउन लाग्नेछ ।”

बिहीबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी चार वर्षका लागि सीइओमा नियुक्त गरेको थियो । जोशीले सन् २०१५–२०२० सम्म बोर्डको सीइओका रुपमा काम गर्नुभएको थियो । बोर्डले नयाँ सिइओ पाइसकेपछि पर्यटन क्षेत्र उत्साहित भएको उल्लेख गर्दै सचिव डा पाण्डेयले जोशीलाई परिणाममुखी भएर काम गर्न निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.