गृहसचिव दुवाडीद्वारा पद बहाली

काठमाडौँ – गोकर्णमणि दुवाडीलाई आज पदबहाली गर्नुभएको छ ।

उहाँ यसअघि राष्ट्रिय तथ्याङ्क कार्यालयमा सचिव हुनुहुन्थ्यो । यसअघिका सचिव एकनारायण अर्याल मुख्यसचिव बन्नुभएपछि गृहसचिव खाली थियो ।

दुवाडीले यसअघि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवका रुपमा पनि काम गरिसक्नुभएको छ । पदबहालीपछि शान्तिसुरक्षालाई प्रभावकारी बनाउन तथा सेवा प्रवाहलाई चुस्त पार्न निर्देशन दिनुभएको थियो ।

उहाँलाई गृहमन्त्रालयका कर्मचारीसहित नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, विप्द प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेललगायत मातहतका निकायका अधिकारीहरुले मन्त्रालमा स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.