रसुवाको ग्राङ ठाडे सडक खण्ड अबरुद्घ

रसुवा – पसाङल्यामु सडक खण्ड अन्तर्गत रसुवाको ग्राङ ठाडे खण्डमा सुख्खा पहिरो खसी सडक अबरुद्घ भएको छ ।

अविरल वर्षाका कारण गए राती मूल खर्कमा सडक माथि बाट ठुला चट्टान खसी सडक अबरुद्घ भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

यसैगरि आज मुलखर्क, टिमुरे र फ्याङलुङ पुल नजिकै पहिरो खस्दा मुख्य राजमार्गका तीन स्थानमा पहिरोले सडक अवरुद्घ भएको बताईएको छ ।

प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालका अनुसार सडक माथि बाट ठुलो चट्टान खसी सडक अबरुद्घ भएकाले पहिरो पन्छाउन समय लाग्ने बताउनु भयो ।

पहिरो पन्छाउने कार्यमा केहि असहज भए पनि सडक डिभिजन कार्यालय नुवाकोटको स्काभेटर प्रयोग गरि पहिरो पन्छाउने कार्य तत्काल सुरु गरिने उहाँको भनाई छ ।

सडक अबरुद्घ भए संगै नेपाल बाट चीन तर्फ जाने चिनियाँ पर्यटक तथा कैलाश मानसरोवर जाने तीर्थयात्रीहरू तथा काठमाडौँ तर्फ आबत जावत गर्ने यात्रीहरु बाटैमा अलपत्र परेका छन् भने अन्य सार्वजनिक सवारी साधनहरू पनि बिच बाटोमै रोकिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.