काँग्रेस संस्थापक नेता उपाध्यायको ४० औ स्मृति दिवस, योगदानको स्मरण 

काठमाडौँ- नेपाली काँग्रेसका संस्थापक नेता सूर्य प्रसाद उपाध्यायलाई पार्टीले सम्मान नगरेको गुनासो नेपाली काँग्रेस नेता तथा शुभ चिन्तकहरूले गरेका छन्। उपाध्यायको ४० औ स्मृति दिवसका अवसरमा सुर्य प्रसाद उपाध्याय स्मृति प्रतिष्ठानले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै नेताहरूले उहाँको सम्मान र योगदानको उच्च कदर हुनुपर्ने धारणा राखेका हुन् ।

 कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले काँग्रेसका संस्थापक नेता उपाध्यायको उच्च सम्मान हुनु पर्ने धारणा राख्नु भयो । नेपाली कांग्रेस पार्टी र नेपालमा प्रजातन्त्र स्थापना गर्नुमा सबैभन्दा उच्च योगदान उपाध्यायको रहेका कारण उहाँलाई स्मरण गर्नु आवश्यक रहेको उहाको भनाई छ । 

 कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले उपाध्यायको योगदानलाई सबैले सम्मान गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । यसैगरी कांग्रेस नेताहरु मिनेन्द्र रिजाल, पुष्पा भुषाल लगायतले संस्थापक नेता उपाध्यायले नेपालमा प्रजातन्त्र स्थापनामा मुख्य पात्रका रुपमा काम गर्नु भएको स्मरण गर्नु भयो । 

कार्यक्रममा पूर्वमन्त्री नवराज सुवेदी, विश्लेषक लोकेश ढकाल, पत्रकार पुरुषोतम दाहाल, प्रतिष्ठानका अध्यक्ष रमेश ढुंगेल लगायतले नेता उपाध्यायको विचार र योगदानको सम्मान हुनुपर्नेमा जोड दिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.