गिद्ध संरक्षणमा सफल बन्दै पूर्वी नवलपरासी 

नवलपुर-  पूर्वी नवलपरासी अहिलेको समयमा लोपोन्मुख अवस्थामा रहेको गिद्ध संरक्षणका कार्यमा अब्बल बन्दै गएको छ ।
नवलपुरका विभिन्न ५ वटा सामुदायिक तथा मध्यवर्ती वन र एउटा आबादी क्षेत्र गरेर एक वर्षको अवधिमा १ सय २६ वटा गिद्धको गुँड फेला परेको छ ।

जसको गुँडहरूबाट ९४ वटा गिद्धका बच्चा हुर्किएका जटायु रेस्टुरेन्टका अध्यक्ष डि बि चौधरीले बताए । जटायु रेस्टुरेन्टले गरेको अध्ययन अनुसार जिल्लाको अङ्कुर सामुदायिक वनमा २ वटा, गुन्द्रही ढकाहा मध्यवर्ती वनमा ५२ वटा, ज्योति कुञ्ज सामुदायिक वनमा १९ वटा, कृष्णसार मध्यवर्ती वनमा १० वटा, नमुना मध्यवर्ती वनमा २६ वटा र रकुवाको आबादी क्षेत्रमा ४ वटा गिद्धको गुँड फेला परेको हो ।
जस मध्य जिल्लाको नमुना सदरमुकाम बनाउने स्थान रहेको ज्योति कुञ्ज सामुदायिक वनमा १९ वटा गुँडबाट १९ वटा नै गिद्धका बच्चा हुर्किएर बाहिरी वातावरण आएका छन् भने गुन्द्रही ढकाहा बाट ३७, अङ्कुरवाट २ कृष्ण सारबाट १० नमुना बाट २६ र रकुवाको आबाद क्षेत्रका गुँडबाट २ वटा गिद्धका बच्चा हुर्किएर बाहिरी वातावरणमा आएका हुन ।

यहाँको जिल्ला सदरमुकाम बन्ने स्थलमा १९ को सङ्ख्यामा रहेका गिद्धका गुँड विस्थापित नहुने गरी सदरमुकाम निर्माणको कामलाई अगाडी बढाइने गरेर तयारी गरिएको जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले बत्ताउनुभयो। केही दिन अघि योजना आयोगको स्थलगत अनुगमनका क्रममा समेत गिद्धका गुँड र वासस्थान जोगाउने गरी निर्माणको काम गर्ने र नमुना सदरमुकामलाई गिद्ध संरक्षण सँगै जोडेर अगाडि बढाउने तयारी गरिएको उहाँकाे भनाई थियो ।

विषाक्त खानाका कारण एक वर्षमा २३ वटा गिद्ध मरे पछि चिन्तित गिद्ध संरक्षणकर्मीहरूलाई पछिल्लो नयाँ तथ्यांकले खुसी बनाएको अध्यक्ष चौधरीले बताए । त्यो बाहेक ७२ वटा गिद्धबाट सन २००६ मा कावासोती-१३ मा गिद्ध संरक्षणका लागि समुदाय स्तरमा स्थापना गरिएको जटायु रेस्टुरेन्टमा विभिन्न प्रजातिका ५१७ वटा लोपोन्मुख गिद्ध रहेका छन् ।

गिद्ध संरक्षणमा नवलपुर र अझ विशेष गरी जटायु रेस्टुरेन्ट र त्यहाँका स्थानीयले सिङ्गो देशलाईनै उदाहरण प्रस्तुत गरेको चरा विज्ञ डा. हेमसागर बरालले बत्ताउनुभयो । “नवलपुर र जटायु रेस्टुरेन्ट र त्यहाँको समुदायले गिद्ध संरक्षणमा देखाएको सक्रियताले देशका अन्य स्थानमा समेत सकारात्मक सन्देश दिएको छ, नवलपुरबाट देशका अन्य जिल्ला ले सिक्नु पर्ने कुरा धेरै छन्”, बरालले भने, “एक वर्षको अवधिमा १२६ वटा गुँडबाट ९४ गिद्ध हुर्किएर बाहिरी वातावरणमा आउनुलाई निक्कै राम्रो मानिन्छ ।”

गिद्ध संरक्षणमा सफलता सँगै केही चुनौती रहेको भन्दै जटायु रेस्टुरेन्टका अध्यक्ष चौधरीले समुदाय र सरोकारवालाको सहयोगमा बिस्तारै चुनौती हटाउदै जान लागिएको बताउनुभयाे । “हिजो ७२ वटा गिद्ध बाट जटायु रेस्टुरेन्टको सुरु गरेका हौ, चुनौती आउछ्न सँगै सफलता पनि पाएका छौँ ।”, चौधरीले भने । विषाक्त आहारा, वासस्थानको समस्या र विद्युत् लाइनका कारणले केही चुनौती थपेको भए पनि गिद्ध संरक्षणमा नवलपुर र जटायु रेस्टुरेन्ट उदाहरणीय अब्बल बन्दै गएको उहाँको भनाई थियो ।

लोपोन्मुख गिद्ध संरक्षण गर्न १८ वर्ष अगाडि नवलपुरको कावासोती-१३ मा स्थापना गरिएको जटायु रेस्टुरेन्टले समुदाय स्तरमा गएर चलाएको अभियानका कारण पछिल्लो समय गिद्ध संरक्षणमा सफलता प्राप्त हुँदै गएको हो ।

जिल्लाको कावासोती-१३ मा रहेको नमुना सामुदायिक मध्यवर्ती वनको करिब ५० हेक्टर क्षेत्रफलमा फैलिएको जटायु रेस्टुरेन्टमा नेपालमा पाइने नौ प्रजातिका  गिद्धमध्ये आठ प्रजातिका गिद्ध पाइने अध्यक्ष चौधरीले बत्ताउनुभयो । उहाँका अनुसार यहाँ रैथाने प्रजातिका डङ्गर, सेतो, सुन र सानो खैरो गिद्ध तथा आगन्तुक प्रजातिका राज गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडेगिद्ध रहेका छन् । आगन्तुक प्रजातिका गिद्ध भने हिउँदको समयमा आउने गरेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.