मोडेल एवं सञ्चारकर्मी एलिना थपलियाको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं – अहिलेकोे ब्यस्त मोडेल एवं सञ्चारकर्मी एलिना थपलियाको अर्को म्युजिक भिडियो सार्वजनिक  भएको छ ।  २ वर्ष देखि कलाकारिता  क्षेत्रमा लागि परेकी एलिना थपलिया अहिलेको धेरै नै ब्यस्त मोडेलको  रुपमा चिनिन्छिन । उनी अहिले धेरै म्युजिक भडियो तथा सिरियलहरुमा ब्यस्त छिन् । थपलिया एक राम्रो नर्तकी पनि हुन् भने उनी अभिनयमा पनि पारंगत छिन ।  पत्रकारितालाई समेत अगाडि बढाइरहेकी थपलियाको चाडै नै  अर्को सिरियल पनि रिलिजको तयारीमा रहेको छ ।

उनीद्धारा नै अभिनित म्युजिक भिडियो ‘बासैको चोया’ बोलको गितमा शब्द ,संगित सन्तोष कालिकोटेको रहेको छ भने गितमा संगित ऐरेन्ज जिवन बाडुले गरेका छन् ।  उक्त गितमा स्वर सन्तोष कालिकोटे र शान्ति श्री परियारको  रहेको छ  ।

शिवजी क्षेत्रीको निर्देशनमा निर्मित म्युजिक भिडियोमा मोडेल एलिना थपलिया र स्वयंं शिवजी क्षेत्रीको अभिनय रहेको  छ  । म्युजिक भिडियोको छायांंकन नरेश अयरले गरको हुन  भने यसको  सम्पादन विनोद बमले गरेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.