मोटरसाइकलसहित खहरे खोलाले बगाउँदा दुईजनाको मृत्यु

रुकुम पश्चिम- रुकुम पश्चिममा खहरे खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ । गएराति मुसिकोट नगरपालिका -६, को रम्मा खोलामा आएको खहरे भेलले बगाउँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार मृत्यु हुनेमा मुसिकोट नगरपालिका -४, ठराढुङ्गाका ५२ वर्षीय सर्जन पुन र वडानम्बर ६, कानेवाङ्गकी अन्दाजी ३२ वर्षीया निर्मला केसी थापा रहेका छन् । मृतक दुवैजनालाई मोटरसाइकल सहित खहरे खोलाको भेलले बगाएको प्रहरीले बताएको छ ।

स्थानीय साँख गाउँबाट घरतर्फ फर्किंदै गर्दा उनीहरुलाई खोलाले बगाएको अनुमान गरिएको छ । मृतक महिलाको शव तीन सय मिटर तल र पुरुषको शव २० मिटर तल फेला परेको प्रहरीले बताएको छ । मृतक दुबैजनालाई पोस्ट मार्टमका लागि सल्ले अस्पताल लग्ने तयारी गरिएको छ ।

खोलाले बगाउँदा रा ६ प २९६१ नम्बरको टु-ट्वान्टी पल्सर बाइक पूर्ण रुपमा क्षति भएको छ । उक्त मोटरसाइकल मृतक महिलाले चलाएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.