नेपाली नागरिकलाई भारतीय मोबाइल सिम उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा

 

काठमाडौँ – भारतीय टेलिकमले नेपाली नागरिकलाई सिम दिने प्रक्रिया अगाडि बढाएको छ । नेपाली दूतावासले आफ्ना नागरिकलाई सहज होस भन्ने उद्देश्यले भारत सरकारसँग नेपाली नागरिकलाई पनि सिम प्रयोग गर्न पाउने व्यवस्था गर्न आग्रह गरिएको थियो । नेपाली दूतावासको आग्रहपछि भारतीय टेलिकमले अहिले यो प्रक्रिया अगाडि बढाएको भारतका लागि नेपाली कार्यवाहक राजदूत डा. सुरेन्द्र थापाले बताउनु भयो । भारत भ्रमणमा रहेको नेपाली आर्थिक पत्रकारहरूको टोलीसँगको भेटमा कार्यवाहक राजदूत डा.थापाले नेपाली नागरिकले नागरिकता,राष्ट्रिय परिचय पत्र अथवा पासपोर्ट आधारमा भारतीय मोबाइल सिम कार्ड प्रयोग गर्न पाउने जानकारी दिनुभएको हो । नेपालको सबैभन्दा ठुलो व्यापार भारतसँग हुँदै आएको छ । नेपालीहरू व्यापार,अध्ययन,पर्यटन तथा औषधोपचार लगायतका थुप्रै कामका लागि भारत जाने गर्छन् । उनीहरूको कार्यमा सहजता ल्याउने उद्देश्यले दूतावासले नेपाली नागरिकलाई मोबाइल सिम कार्डको व्यवस्था गर्न भारत सरकारसँग आग्रह गर्दै आएको थियो ।

त्यस्तै,सो क्रममा दूतावासका इकोनोमी कन्सुलर बद्री तिवारीले  अहिले दूतावास नेपाल भारतको आर्थिक सम्बन्ध मजबुद बनाउँदै नेपालको आर्थिक सुनिश्चितताका लागि मुख्य गरी तीन वटा विषयमा बढी केन्द्रित रहेको बताउनु भयो । नेपालबाट निर्यात भएका वस्तुको विआईएस सर्टिफिकेट (जुन नापतौल तथा गुणस्तरसँग सम्बन्धी छ )लिनुका लागि सहजीकरण गर्न भारतका सम्बन्धित सरोकारवालाहरूसँग छलफल भइरहेको आर्थिक सल्लाहकार तिवारीको भनाई थियो । । जसमा जुत्ता देखि सिमेन्टहरू लगायतका विभिन्न वस्तुहरू पर्दछन् ।

त्यस्तै,नेपालीहरूका महान् चाड दसैँ तथा तिहार नजिकिँदै छन् ।   चाडपर्वलाई लक्षित गर्दै अत्यावश्यक वस्तु तथा सेवाहरू चिनी,चामल लगायत) को सहज आपूर्तिका लागि भारत सरकारका निकाय र नेपाल सरकारका निकायहरू बिच समन्वय गर्ने काम दूतावासले गरिरहेको छ ।

त्यस्तै, नेपालमा रासायनिक समस्या थियो । पछिल्लो समय त्यसको आपूर्ति सहज बन्दै गइरहेको तिवारीको भनाई थियो । छ । यसअघि मन्त्रीस्तरीय भ्रमणका क्रममा पनि यो विषय उठेको थियो । अहिले पुनः निर्यातको अनुमति पनि प्राप्त हुँदै गएको छ । यसले नेपालमा हुने उत्पादनको मागलाई केही हदसम्म भए पनि सम्बोधन हुने उहाँको भनाई छ । त्यस्तै,नेपाल र भारतका सचिव स्तरीय वाणिज्य वार्ता पनि भइरहेको छ । यस क्षेत्रमा देखिएका आयात निर्यातका समस्यालाई समाधान गर्ने र द्धीपक्षीय वाणिज्य हितलाई प्रवर्द्धन गर्ने गरी छलफल समेत भएको तिवारीले बताउनुभयो ।

 

नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार भारतमा  भएको निर्यात  ३ दशमलव ३ प्रतिशत घटेको छ । वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोर्ड, जुस, पोलिस्टर धागो, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, ऊनी गलैँचा, ब्रान्स, जुटका सामान लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैङ्कको तथ्याङ्कले छ । त्यस्तै,भारतबाट ३ प्रतिशतले आयात घटेको छ । वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा स्पेयर पार्टपुर्जा, तयारी पोसाक, हवाई जहाजको स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, अन्य मेशिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, हट रोल्ड सिट इन क्वायल , कच्चा पाम तेल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।

दूतावासका इकोनोमी कन्सुलर तिवारीका अनुसार भारतमा पाम तेल,

प्रोसेस पाम तेल, सोयाविन तेल, अलाईची चिया,विभिन्न लेदरका उत्पादनहरू ,हस्तकला तथा मूर्तिकलाका सामानहरू बढी रुचाइने बस्तुहरू हुन् । त्यस्तै,बौद्ध धर्मसँग संबन्धित मूर्तिकलाहरू पनि भारतमा बढी लोकप्रिय रहेको उहाँको भनाई थियो ।

नेपाल वर्षा याममा निर्यातकर्ता र सुख्खा याममा ऊर्जाको आयातकर्ता भएको स्मरण गर्दै भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने सम्झौता गर्नु नेपालका लागि व्यापार घाटा न्यूनीकरण गर्ने ठुलो आधार बन्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.