काँग्रेस-एमालेबीच भएको सहमतिलाई सरकारको न्यूनतम् साझा कार्यक्रमको आधार बनाउने निर्णय

काठमाडौँ- सत्ता गठबन्धनको बैठकले   कांग्रेस र एमाले दुई दलबीच भएको ७ बुँदे समहतिको आधारमा सरकारको न्यूनतम् साझा कार्यक्रम तय गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले सरकारका काम कारवाहीको समीक्षा गर्दै गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा छलफल गरेको हो ।

बैठकले पछिल्लो दुई महिनामा सरकारले गरेको  समग्र कामको समीक्षा गर्दै बैठकले सरकार र संसदका कामलाई सन्तुलित प्रभावकारी र व्यवस्थित बनाउने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.