नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडका ग्राहकवर्गहरुलाई बुद्ध एयरमा आकर्षक छुट

काठमाडौँ-  नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडका ग्राहकवर्गहरुलाई बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाइने भएको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क ( एनआईएमबी ) लिमिटेड र बुद्ध एयरबीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरु साथै उहाँहरूको परिवार (बुबा, आमा, श्रीमती, छोरा÷छोरी) लाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८% छुट दिने भएको छ । सम्झौता अनुसार, टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआईएमबी डेबिट÷क्रेडिट कार्ड वा NIMB Smart  एप (मोबाइल बैङ्किङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

यो सम्झौताबाट एनआईएमबीका ग्राहकवर्गहरु प्रत्यक्ष रूपमा लाभान्वित हुने बैङ्कको विश्वास छ । गुणस्तर बैङ्किङ सेवाका साथसाथै एनआईएमबीले अस्पताल, रेस्टुरेन्ट, सपिङ मल लगायतका दर्जनौँ विभिन्न सेवामूलक क्षेत्रसँग सम्झौता गरी आफ्ना ग्राहकवर्गहरुलाई थप सुविधा र छुटको व्यवस्था गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.