नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौं – आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई बिदाइ गरेको हो ।

नेपाली टोली आजै राति क्यानडा प्रस्थान गर्नेछ । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ । २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

त्यसपछि नेपाल लिग २ खेल्न अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी–२० आई दुबै सिरिज हुनेछ ।

क्यानले सोमबार रोहितको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको थियो।टोलीमा विकेटकिपर अर्जुन साउद र तिब्र गतिका बलर रिजन ढकालले पुनरागमन गरेका छन् । त्यस्तै देव खनाल ट्राभल रिजर्भ खेलाडीमा परेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.