सत्तापक्षबाट उपसभामुखको राजीनामा माग,रास्वपा र माओवादीद्वारा प्रतिवाद

काठमाडौँ- सत्ता गठबन्धका सांसदहरुले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाविरुद्ध ‘पदीय आचरणअनुसार काम नगरेको भन्दै उहाँको राजीनामा माग गरेका छन् ।

मंगलवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमालेले सूर्यप्रसाद ढकालले नैतिकताको आधारमा राजीनामा दिन माग गरेका हुन् । ‘सदनभित्र र बाहिर पनि नैतिकताको कुरा उठेको छ, पदीय मर्यादा र मानव तस्करीको कुरा उठेको छ । सदन र सदन बाहिर कुरा उठेपछि उपसभामुखले मार्ग प्रशस्त गर्न अर्थात् राजीनामा दिनको लागि आग्रह गर्छु ।’ ढकालले भन्नु भयो ।

बैठकमा भने सत्तापक्षले गरेको उपसभामुखको राजीनामाको विषय भने प्रतिपक्षी दल माओवादी केन्द्र र रास्वपाले भने  प्रतिवाद गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)का देवेन्द्र पौडेल, हितराज तामाङ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सोविता गौतम र सुमना श्रेष्ठले उपसभामुखलाई हटाउने षणयन्त्रमा नलाग्न आग्रह गर्नु भयो ।

माओवादी नेता पौडेलले हिजो प्रचण्डलाई हानेको राउण्ड किक आज उपसभामुखमाथि प्रयोग गर्न खोजिएको भन्दै त्यो गरे आफ्नो दललाई सैह्य नहुँने भन्दै ठुला दुई दलले मात्र सत्ता चलाउने सपना नदेख्न चेतावनी दिनुभयो ।

यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानालाई पदबाट हटाउने कुरालाई लोकतन्त्र मार्ने षड्यन्त्र भएको जिकिर गर्दै सो कुरा आफ्नो पार्टीलाई मान्य नहुने बताउनु भयो ।

प्रमुख सचेतक परियारले सत्तारुढ दलहरूले संख्याको बलमा जे पनि गर्न खोज्छ भने आफूहरूले त्यस्ता सत्ता र शक्तिलाई ढालिदिने समेत चेतावनी दिनुभयो ।

प्रमुख सचेतक परियारले उपसभामुख रानालाई पदबाट हटाउन खोजिए सरकार विरुद्ध आम जनता सडकमा ओर्लने दाबी समेत गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.