काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक भोलि

काठमाडौँ- नेपाली काँग्रेसका पदाधिकारीहरुको बैठक भोलि विहान बस्ने भएको छ।

काँग्रेस सभापति शेरवहादुर देउवाले भोलि विहान ८:३० बजे आफ्नै निवास बुढानिलकण्ठमा बैठक डाक्नु भएको हो ।

काँग्रेसका पदाधिकारीहरु, पूर्व पदाधिकारीहरु र केही सिनियर नेताहरुको संयुक्त बैठक सभापति देउवा निवास बुढानिलकण्ठमा भोलि विहान बस्ने काँग्रेसका मुख्य सचिव कृष्ण पौडेलले जानकारी नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।

पौडेलका अनुसार समसामयिक विषयमा छलफल गर्न पदाधिकारी बैठक डाकिएको हो ।

तर प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाको विषयमा छलफल गर्न पदाधिकारी बैठक डाकिएको काँग्रेसका नेताहरुको भनाइ छ ।

संसदमा आज नेपाली काँग्रेस र एमालेका सांसदहरुले केही युवाहरुलाई अमेरिकाका लागि भिषा सिफारिस गरेर विवादमा आएकी उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका थिए ।

आज दिनभर संचारमाध्यहरुले सत्तारुढ दलहरुले उपसभामुखलाई राजीनामा दिन आग्रह गर्ने र अटेर गरे महाअभियोग लगाएर हटाउने तयारी गरेको भनी समाचारहरु प्रकाशन र प्रसारण गरेका थिए ।

माओवादी केन्द्र र रास्वपाका सासंदहरुले भने उपसभामुखमाथि महाअभियोगको प्रस्ताव ल्याइए प्रतिवाद गर्ने जनाएका छन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.