सरकारी कार्यलयमा टिएमएस नचलाउन पत्राचार

काठमाडौँ-  अनलाइन शेयर कारोबारमा प्रयोग हुने प्रविधि ‘टिएमएस’ सरकारी कार्यलयमा नचल्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशसहित सबै मन्त्रालय, अयोग, सचिवालय र कार्यालयका सचिवहरूलाई सम्बोधन गर्दै टिएमएस प्रविधि नचलाउन पत्राचार गरेको छ ।

कार्यालय समयमा टिएमएस चलाए/नचलाएको प्राविधिक रूपमै चेकजाँच गर्न समेत
पत्राचार मार्फत आदेश समेत दिइएको छ ।

उपरोक्त सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र संख्या २०८१ / ८२ चलानी नं. ११८६५ मिति २०८१/०५/२१को कार्यालयमा TMS नचलाउने व्यवस्था सम्बन्धमा विषय रहेको पत्रबाट नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायहरुमा कार्यालय समयमा TMS नचलाउने ब्यवस्था हुन र सो समयमा TMS चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी चेकजाँच गर्न सकिने व्यवस्था मिलाउन लेखी आएकोले आयोगको पत्रानुसार गर्नु गराउनु हुन  आदेशानुसार अनुरोध छ । प्रधानमन्त्री कार्यालय बाट पठाइएको पत्रमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.