जीर्ण संरचना भत्काउन मान्दैन नेपाल रेडक्रस सोसाइटी धादिङ

धादिङ – मध्य बजार र मानिसहरूको निकै चहलपहल हुने नीलकण्ठ नगरपालिका स्थित वडा नम्बर– ३ को मध्य बजारमा पर्ने  धादिङ अस्पतालसङै रहेको जीर्ण भवन भत्काउनका लागी सम्बन्धित निकायलाई  पटक पटक स्थानीय वडाले आग्रह गर्दा समेत बेवास्ता गरेको छ ।

जीर्ण भवनले जुनसुकै समयमा पनि दुर्घटना निम्त्याउन सक्ने भए पछि थप समस्या आएको हो ।

धादिङ अस्पतालको हाता भित्र अस्पतालको स्वामित्वमा रहेको जमिनमा यो भवन नेपाल रेडक्रस सोसाइटी धादिङले रक्त  संञ्चाल  केन्द्र सञ्चालनका लागी निर्माण गरेको हो ।

निकै कमजोर जस्तै देखिने  संरचना २०७२ सालको भूकम्प पछि जीर्ण बनेको हो  । जताततै भवन चिरिएको र चर्किएको छ ।

भवन जीर्ण बन्दै गए पछि भवन आसपासका मानिसहरू समेत भवन ढल्ने हो की भन्ने चिन्तामा छन् ।

जीर्ण भवन भत्काउनुको साटो सामान्य मर्मत गर्दै काम चलाउँदै आएको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति दुर्लव तामाङ बताउनु हुन्छ ।

२०५५ सालमा २५ वर्षको लागी रक्त सञ्चार केन्द्र सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी धादिङलाई भवन निर्माणलाई  जमिन उपलब्ध

गराउने सहमति जुटे पछि बेल्जियम रेडक्रसको आर्थिक  सहयोगमा सो भवन निर्माण भएको हो ।

जमिन उपलब्ध गराउँदा मौखिक सहमति २५ वर्षको जुटेको तर कागजी सहमतिमा भने रक्तसञ्चार केन्द्र निर्माणका लागी रेडक्रस

धादिङलाई जमिन उपलब्ध गराउने मात्र उल्लेख भए पछि नेपाल रेडक्रस सोसाइटी धादिङले जमिन छाड्न नमानेको हो ।

नेपाल रेडक्रस धादिङका सभापति तामाङ भने काजी प्रक्रिया अनुसार आफू माथि भएकोले भवन  नछाड्ने दाबी गर्नु हुन्छ ।

बढ्दो बिरामीको चापसङै अस्पताल व्यवस्थापनका लागी भौतिक संरचना निर्माणमा समस्या भए पछि अस्पताल व्यवस्थापनले समेत सो जमिन खाली गरिदिन आग्रहगर्दै आएको छ  ।

तर रेडक्रस सोसाइटीले भने राम्रो आर्थिक आम्दानीको बाटो भएकोले अहिलेसम्म सो भवन रक्त सञ्चार केन्द्रलाई देखाउँदै नछाडे

अस्पताल पक्षको दाबी छ ।

धादिङ अस्पतालको स्वामित्वमा भएको जमिनमा निर्माण गरेको सो भवन भाडामा लगाएबापत एक लाख पचास हजार भन्दा धेरै मासिक रूपमा आम्दानी रेडक्रसले लिँदै आएको छ ।

अस्पताल व्यवस्थापनले भने आफ्नो स्वामित्वमा रहेको जमिनमा भएको संरचनाको उपयोग आफुले गर्न पाउनु पर्ने माग राख्दै

कानुनी प्रक्रिया अनुसार आफ्नो जमिन खाली गर्न आग्रह ग्रह गर्दे आएको वर्षौँ बितिसकेको बत्ताउँछ  ।

स्थानीय पालीकाले सो भवन २०७२ सालको भुकम्पका कारण जीर्ण बने पछि खतराको सूचिमा रहेको भन्दै रातो स्टिकर समेत टाँसिएकोले भवन  तत्काल भत्काउन आग्रह गरेको हो । सो भवन करिब आधार रोपनी जमिन् क्षेत्रफलमा निर्माण भएको छ ।

भूकम्प पश्चात् खतराको सूचिमा रहेको प्राय सबै सरकारी एवं अन्य संरचनाहरू भत्काई सकेको छ ।

नीलकण्ठ नगरपालिका स्थित वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले भने राजनीतिक पहुँचको भरमा रेडक्रस शाखा धादिङले धादिङ अस्पतालको नाममा भएको जमीनभाडामा लगाएर आर्थिक आम्दानी गरिरहेको र भवन  भत्काएर नयाँ बनाउने प्रक्रियामा जाँदा अस्पताललाई पुनः जमिन फिर्ता दिनु पर्ने भएकोले गर्दा यस्तो अवस्था आएको बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.