उपसभामुखलाई पदबाट हटाउने कदम घातक हुने रास्वपाको चेतावनी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कदम घातक हुने चेतावनी दिएको छ ।

आज सिंहदरबारमा बसेको रास्वपा सचिवालय बैठकले उपसभामुखलाई पदबाट हटाउन खोजिएको भए गलत हुने र सत्तागठबन्धनका लागि घातक हुने चेतावनी दिएको हो ।

बैठकपछि रास्वपा सभापति रवि लामिछानेले उपसभामुखलाई हटाउने काम गलत हुने र दुई तिहाई शक्तिको दुरुपयोग नगर्न बैठकले ध्यानाकर्षण गराउने निर्णय गरेको बताउनुभयो । यस बिषयमा सत्तापक्षका नेताहरुको पनि ध्यानाकर्षण गराइएको उहाले बताउनुभयो । पोखरामा आफुलाई देखाइएको कालोझण्डा सहकारी पिडितको पिडा रहेको भन्दै खुल्ला रुपमा छलफल गर्न आफु तयार रहेको उहाले बताउनुभयो ।

त्यस्तै रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले १८ महिना अघि लेखिएको पत्रलाई लिएर उपसभामुखलाई हटाउने खोज्नु राजनीतिक दाउपेच मात्र भएको बताउनुभयो । उहाले संवैधानिक परिषदलाई आफ्नो अनुकुल बनाउनका लागि सत्तागठबन्धनले उपसभामुख हटाउन खोजेको जिकिर गर्नुभयो । उपसभामुखका बिषयमा कुनै औपचारिक कदम नचालिएकाले पर्ख र हेरको अवस्थामा पार्टी रहेको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.