सं‌वैधानिक परिषद्को बैठक शुक्रबारका लागि सर्‍यो

काठमाडौँ-  आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ। ५ बजे बस्नेगरी बोलाइएको बैठक अन्तिम समयमा आएर  बस्दै नबसी स्थगित भएको हो । अर्को बैठक शुक्रबार बेलुका ५ बजेका लागि बोलाइएको छ ।

प्रतिपक्षी दलका नेताले बैठकबारे आफुलाई ढिलो खबर भएको भन्दै बैठकमा उपस्थित हुन नसक्ने जनाएपछि बैठक स्थगित हुन पुगेको बताइएको छ ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहन्छन् ।

आजको बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयमा छलफल गर्ने तयारी थियो ।

प्रधान न्यायाधीश सिफारिस गर्नेमा बैठकमा भने कानुन मन्त्रीको उपस्थिति रहने कानुनी ब्यवस्था छ ।

संवैधानिक परिषद्को बैठक पर्सी सम्मका लागि स्थगित भइरहँदा  सत्तारुढ दल कांग्रेस र एमालेले भने उपसभामुख उपसभामुख इन्दिरा रानालाई उपसभामुखपदबाट राजीनामा दिन दवाव बढाउदै लगेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.